साफ महिला च्याम्पियन्सीप : भुटान र बंगलादेशका भिड्दै

521
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन(ओएनएस) : विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत आजको खेल भुटान र बंगलादेशका बीच हुँदैछ ।

शहीद रंगशालामा जारी पाँचौं संस्करणको पहिलो खेलमा तीन शुन्यले आयोजक राष्ट्र नेपालसंग पराजित भूटान जितको खोजीमा रहनेछ ।

बंगलादेशमा सन् २०१० देखि सुरु भएको साफको पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएको भुटानले हालसम्म कुनैपनि खेलमा जित हात पार्न सकेको छैन् । त्यसैगरी, एकपटक साफको उपविजेता बनिसकेको बंगलादेश भने भूटानमाथि दबाव कायम राख्न चाहन्छन् ।

पहिलो साफबाटै अघि बढेको बङलादेशले हालसम्म १५ खेल खेलेको छ। जसमा ७ मा जित, १ मा बराबरी र ७ मा हारको सामना गरेको छ । बंगलादेशले चौथो संस्करणमा उपविजेता र त्यसअघि दुइपटक सेमीफाइनलसम्मको यात्रा तय गरेको छ ।

यद्यपि साफमा भूटानले हालसम्म १२ खेलमा एकमा बराबरी गरेको छ भने, १२ खेलमा हार ब्यहारेको छ । भूटानले पहिलो साफमा श्रीलंकाविरुद्ध समान एक गोलको बराबरी गरेको थियो । त्यसयता भूटानको टोली जितको खोजीमा रहेको छ ।


  •  
  •  
  •