बाध्यताको सरसफाई

219
  •  
  •  
  •  

काठमाडौं ६ मंसिर (ओएनएस) ः शनिबार बिहान काठमाडौं उपत्यको दृश्य अरु दिनको भन्द बेल्लै थियो । शनिबार प्रायः सुनसान हुने काठमाडौंका सडकहरुमा सेना, प्रहरी, सरकारी कर्मचारी, नागरिक सबै हातमा कुचो बोग्दै हिडिरहेका थिए ।

कोही सडकको सफाइ अभियानमा तल्लिन थिए । सुकिलामुकिला लुगामा ठाटिएका सरकारी अधिकारी, संघसंस्थाका प्रतिनिधि, सेना प्रहरी, सबै पाइन्ट र हातका बाहुला माथि सुर्किदै सफाई अभियानमा व्यस्थ थिए ।

20141122_080003मंसिर १० र ११ गते काठमाडौमा हुने लागेको सार्क शिखर सम्मेलनको तयारीका लागि सबै जना सरसफाई अभियानमा व्यस्त थिए । सरकारले अनिवार्य सफाई अभियानमा सहभागि हुन उर्दी जारीगरेपछि बिहान ७ नबज्दै सरकारी कर्मचारी सडकमा पुगिसकेका थिए । अधिकांस सरकरी पोशोकमा नै थिए ।

20141122_080015मुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा बसेको बैठकले सफाई अभियानमा अनिबार्य उपस्थित हुन् कर्मचारीलाई निर्देशन दिएको थियो । यो बिशेष सफाइमा उपस्थित नहुने कर्मचारीलाई कारबाही समेत गरिने बताइएको छ । बिहान साढे सातदेखि साढे नौ बजेसम्म कर्मचारी तथा अन्य सहभागीले आफ्नो टोल र छरछिमेकमा काजग, फोहोरमैला, झाडी लगायत सफाइ गर्ने योजना सरकारको छ । निजामती, स्थानीय निकाय, सार्वजनिक संस्थान लगायतका कर्मचारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र सामुदायिक प्रहरी सफाइ अभियानमा सहभागि भए ।


  •  
  •  
  •