साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले भारतको सामना गर्दै

237
  •  
  •  
  •  

काठमाडौं १२ पुस (ओएनएस) :
एघारौं साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपालले बलियो प्रतिद्धन्दी भारतको सामना गर्नेक्रममा जीतको तयारी गरेको छ । भारतको केरलामा जारी प्रतियोगितामा नेपालमाथि जीत्नुपर्ने दवाव छ ।

यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा हुँदैछ । समूह ए को अन्तिम खेलमा नेपाल र भारत खेलेसंगै सेमिफाइनल पुग्ने चारै टिमको टुङ्गो लाग्ने भएको हो ।

अहिलेसम्म भारत र श्रीलंकाले एक एक खेलमा जित हासिल गर्दा नेपाल अंकविहीन छ । नेपालले भारतलाई हराउन सकेमात्र सेमिफाइनलमा ठाउँ बनाउने छ ।


  •  
  •  
  •