साफ महिला च्याम्पियनसिप : उपाधि भारतलाई

358
  •  
  •  
  •  

मोरङ, ८ चैत(ओएनएस) : विराटनगरमा भएको साफ महिला च्याम्पियनसिपको उपाधि भारतले हात पार्न सफल भएको छ ।

फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौं उपाधि जितेको हो । यसअघि भएका चारवटै संस्करणमा भारत च्याम्पियन बनेको थियो । नेपालको उपाधि अभियानमा भारत सँधै बाधक बन्दै आएको थियो ।

घरेलु मैदान विराटनगरमा भएको यो संस्करणमा पनि नेपालले नयाँ इतिहास रच्न सकेन । सुरुदेखि नै आक्रामक फुटबल खेलेको नेपालले गोल गर्ने अवसर जुराउन सकेन ।

खेलमा भारतले पहिलो अग्रता लियो । २६ औं मिनेटमा हिरा कुमारी भुजलेले फल गरे पछि पाएको फ्रीकिकलाई डालिमा छिब्बरले गोल गरेकी थिइन् ।

एक गोलले पछि परेको ६ मिनेट पछि नै नेपाल खेलमा फर्किएको थियो ।  खेलमा गोल गरेकी सावित्रा भण्डारीले भारतविरुद्ध ३२ औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई फर्काउन सफल भइन् ।

सावित्राले एउटा राम्रो मौका पाएकी थिइन् । तर भारतीय गोलकिपरको उत्कृष्ट बचाउ गरेपछि नेपालले अग्रता लिने मौका गुमायो ।

खेलको ६२ औं मिनेटमा डिफेन्सकै तालमेलको अभावको मौकामा सन्ध्या रंगनाथनको पासमा ग्रेस दाङमेईले वन भर्सेस वनमा नेपाली गोलकिपरलाई बिट गदै २–१ को अग्रता दिलाइन् ।
७८औं मिनेटमा भारतले अर्को गोल गरेको थियो । यस पटक भारतका लागि अन्जु तामाङले गोल गरेकी थिइन् ।


  •  
  •  
  •