महिला साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा गर्ने

93
  •  
  •  
  •  

विराटनगर, ६ चैत(ओएनएस) : विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताको बुधबारको सेमिफाइनलको खेलमा भारतले बंगलादेशमाथि ४–० को जित निकालेपछि उपाधिका लागि नेपालसँगको भिड्ने पक्का भएको हो ।  योसँगै नेपाल र भारत चौथो पटक साफको उपाधिको लागि मैदान उत्रदैछन् ।
फाइनल खेल शनिबार हुनेछ ।

साफमा सफल राष्ट्र भारतले बुधबार भएको सेमिफाइनमा बंगलादेशमाथि जित निकाल्दा इन्दुमति काथिसानले २ तथा डालीमा चिबेत र मनिषाले १–१ गोल गरिन् । विराटनगरस्थित शहीद रंगशालामा भारतले १८ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी गोलकिपर अगाडि बढेको मौकामा डालिमाले गरेको प्रहार गोलमा परिणत भएपछि भारत अग्रता लिन सफल भएको थियो ।

भारतको अग्रता दोब्बर बनाएकी इन्दुमतीले ३७ औं मिनेटमा टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरिन् ।
पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा १ गोल थपेको थियो ।

बंगलादेशले सुधारिएको प्रदर्शन गरेपछि भारतले दोस्रो हाफमा गोलका लागि इन्जुरी समय कुर्नुपरेको थियो ।
भारतका लाग मनिषाले गोल गर्दै ४–० को जित पक्का गरिन् ।

यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा आयोजक नेपालले श्रीलंकालाई ४–० ले पराजित गर्दै जित निकालेको थियो ।


  •  
  •  
  •