साफ महिला च्याम्पियनसिप : भारत र श्रीलंकाबीच प्रतिस्पर्धा गर्दै

326
  •  
  •  
  •  

काठमाडौं, ३ चैत (ओएनएस) : विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा गर्दैछन् ।

यो खेलले सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धीको हुने भन्ने पक्का गर्नेछ । चार पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारत यसपटक आफ्नो उपाधिको यात्रालाई कायम राख्ने लक्ष्यका साथ प्रतियोगिताको पहिलो खेलमा नै प्रभावशाली जित निकालेको थियो । उसले माल्दिभ्स विरुद्ध ६–० को जित हात पारेको थियो ।

श्रीलंकाले पनि माल्दिभ्सलाई दुई शून्यले हराएको थियो । आइतबारको विजेताले सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ भने उपविजेताले नेपालसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमको इतिहास हेर्दा जहिले पनि भारत निकै हावी हुँदै आएको छ । यो खेल दिउँसो तीन बजेदेखि शुरु हुनेछ ।


  •  
  •  
  •