साफ महिला च्याम्पियनसिप : विजेताको लागि नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

405
  •  
  •  
  •  

काठमाडौं, २ चैत(ओएनएस) : विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह विजेता बन्ने लक्ष्यमा छ ।

आजको खेलमा दुवै टिम जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा छन् ।
नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको छ । बंगलादेशलाई सेमिफाइनलमा दबाव मुक्त गर्न आजको खेल जित्नै पर्ने लक्ष्यमा छन् ।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।
बंगलादेशले भने भुटानलाई २–० गोलअन्तरले पराजित गरेको थियो । दुवै खेलमा भुटान पराजित भएपछि यी नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल पुगेका हुन् ।

आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेमा पनि समूह विजेता बन्ने छ ।
त्यस्तै, समूह ‘बी’ बाट भारत र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।
साफ महिला च्याम्पियन बन्ने लक्ष्य लिएको नेपाल कुनै खेल नहारी उपाधि जित्ने लक्ष्यमा छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले भने बंगलादेशलाइ पराजित गर्दै समुह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्न चाहेको प्रतिकृया दिएका छन् । नेपालले बंगलादेशसंग अहिले सम्म पाँच पटक खेल्दा चारमा जीत र एकमा बराबरीको नतिजा ल्याएको थियो ।

गत नोभेम्बरमा म्यानमारमा भएको ओलम्पिक एशीयाली क्षेत्र छनौटमा नेपालले बंगलादेशसँग एक एक गोलको बराबरी खेलेको थियो । नेपालले बंगलादेशसँग गोल खाएको पनि त्यो पहिलो पटक थियो ।


  •  
  •  
  •