पाकिस्तानी क्रिकेटलाई झड्का, अजमलमाथी प्रतिबन्ध

315
  •  
  •  
  •  

saeed ajmalकाठमाडौ, २४ भदौ (एजेन्सी) : केही समयदेखी कमजोर अवस्थामा रहेको पाकिस्तानी क्रिकेट थप कमजोर हुने भएको छ । पाकिस्तानका नम्बर एक बलर सहिद अजमललाई आइसीसीले बलिङ गर्न प्रतिबन्ध लगाएपछि थप कमजोर बन्ने भएको हो ।

श्रीलंकाविरूद्ध केही समयअघि सम्पन्न खेलमा अजमलको बलिङ शैली आइसीसीको नियम संगत नभएको भन्दै प्रश्न उठाइएको थियो । आईसीसीले अफस्पिनर अजमलको बलिङ एक्शनलाई आइसीसीको नियम अनुसार सही नभएको भन्दै टी-२०, एकदिवसीय र टेष्ट क्रिकेटमा बलिङ गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

अजमल पाकिस्तानी क्रिकेट टोलीका बलिङ आक्रमणका प्रमुख हतियार मानिन्छ । उनी पछिल्लो केही वर्षदेखी पाकिस्तानलाई खेल जिताउने प्रमुख बलर बन्दै आएका थिए ।
पछिल्लो महिना श्रीलंका विरूद्ध खेलिएको टेष्ट खेलपछि अजमलको बलिङ एक्शनविरूद्ध प्रश्न उठाइएको थियो ।

अजमलमा यो प्रतिबन्ध ब्रिसबेनमा नेशनल क्रिकेट सेन्टरमा आइसीसीद्धारा चुनिएको बायो-मेकानिक्स विषेशज्ञको निगरानीमा गरिएको बलिङ परिक्षणपछि लगाइएको थियो ।


  •  
  •  
  •