भारतमा पूर्व राज्य प्रमुखको ७० औँ जन्मदिनको अवसरमा ८६ जोडीको सामूहिक विवाह(भिडियोसहित)

208
  •  
  •  
  •  

१४ चैत : भारतको तमिलनाडुमा सोमबार ८६ जोडीको सामूहिक विवाह भएको छ । तमिलनाडु राज्यका पूर्व राज्य प्रमुख जय ललिताको ७० औँ जन्मदिनको अवसरमा ८६ जोडीको सामूहिक विवाह भएकाे हाे।

विवाह समारोहमा तमिलनाडुका वर्तमान राज्य प्रमुख इ पालनिसमी र उप प्रमुख ओ पन्निर्सिल्भम पनि उपस्थित भएका थिए ।

राज्यले नवविवाहित जोडीहरुका लागि नयाँ जीवनको सुरुवात गर्न सामान्य उपहारहरु विभिन्न किसिमका भाँडाकुँडा, ओछ्यान, टेबललगायतका सामग्रीसमेत प्रदान गरेको थियो । समारोहमा स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।


  •  
  •  
  •