सद्भावनाका ४ सभासदद्वारा राजिनामा

97
  •  
  •  
  •  

काठमाडौ, ६ भदौ(ओएनएस) : सद्भावना पार्टीका ४ सभासद्ले राजिनामा दिएका छन् । संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङको कार्यकक्षमा पुगेर उनीहरूले सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।

पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णसहित विमलकुमार केडिया, शैलकुमारी देवी तथा सञ्जयकुमार साहले संसद सदस्यबाट राजिनामा दिएका हुन् । संसदमा सद्‌भावना पार्टीका ६ सदस्य छन् । माधवी रानी र नर्सिङ चौधरी जिल्लामा भएका कारण अनुपस्थित थिए ।
‘सभामुखले बसिराखे राम्रो हुन्छ नछोड्नोस् भन्नुभयो हामीले राजिनामा बुझायौं’, लक्ष्मणलाल कर्णले राजीनामा बुझाएपछि सञ्चारकर्मीसँग भने ।

संघीयताको सिमाङ्कन र ६ प्रदेशप्रति असहमति जनाउँदै सद्‌भावनाले व्यवस्थापिका संसद तथा संविधान सभा त्याग्ने घोषणा गरेको हो ।


  •  
  •  
  •