विपक्षीदलद्वारा सदन अबरुद्ध

75
  •  
  •  
  •  

काठमाडौं, २७ असोज (ओएनएस) : एकीकृत माओवादीलगायत विपक्षीदलहरुले संसद् बैठक अवरुद्ध गरेको छ । बारामा भएको घटनाको स्पष्ट जवाफ आउनुपर्ने माग गर्दै एमाओवादी र मधेशवादी दलले संसद बैठक अवरुद्ध गरेका हुन् ।
गृहमन्त्री बामदेव गौतमले आईतबार संसदलाई दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै स्पष्ट जवाफ दिनुपर्ने र स्थानीयवासीको माग तुरुन्त पुरा गर्नुपर्ने भन्दै बैठक अवरोध गरेका हुन् । बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

आइतवार बारा घटनाबारे उपप्रधान तथा गृहमन्त्रीले संसदलाई जानकारी गराएका थिए । गौतमले घटनाको छानविन गर्ने बताउँदै मृतक परिवारलाई उचित क्षतिपुर्ति दिने जानकारी गराएका थिए । विपक्षी दलहरुले भने गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै सदन अबरुद्ध गरेका हुन् । उनीहरुले बारा घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्न माग गरेका छन् ।


  •  
  •  
  •