सडक मिचेर बनाइएका टहरा हटाउन दुर्इ दिने अल्टिमेटम

225
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (अाेएनएस) : तेह्रथुमको छथर गाउँपालिकाले बजार क्षेत्रलार्इ व्यवस्थित बनाउन विशेष अभियान सञ्चालन गरेकाे छ।

विशेष अभियान अन्तरगत गाउँपालिकाले सडक मिचेर निर्माण गरेका टहरा हटाउन टहरधनीलार्इ पटक पटक निर्देशन दिएपनि नटेरे पछि उनीहरुलार्इ टहरा हटाउन अन्तिम चेतावनी दिएको छ । गाउँपालिकाले यसअघि सार्वजनिक सूचना जारी गर्दै घर टहरा हटाएर बजारलाई सुन्दर बनाउन सहयोग गर्न आग्रह गरे पनि टहरा नहटाएपछि दुर्इ दिनकाे अल्टिमेटम दिएको हो ।

सरकारी जग्गा तथा सडक मिचेर बनाइएका घर टहरामा स्थानीय बासिन्दाले टहरा बनाएर पसल तथा होटल सञ्चालन गरिरहेकाेले सडक अव्यवस्थित बनेकाे गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

गाउँपालिकाले मुल सडकका लागि १० मिटर  र अन्य सडकका लागि ७ मिटर छाडेर मात्रै घर टहरा बनाउन निर्देशन जारी गरेको छ ।

घर टहराका कारण सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै गाउँपालिकाले यस्तो मापदण्ड बनाएर लागु गर्न लागेको प्रवक्ता नेपालीले बताए।

बजार क्षेत्रमा करिब ३ सय घरधुरी बसोवास गर्छन् । तीमध्ये करिब १५ वटा तत्कालै भत्काइनुपर्ने घर टहराहरु रहेका छन्


  •  
  •  
  •