अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

906
  •  
  •  
  •  

कालिकोट, २५ चैत(ओएनएस) : वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग सोमबार बिहानदेखि सञ्चालनमा आएको छ ।
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।


शुक्रबार साँझ परेको वर्षाका कारण पहिरो गएपछि राजमार्गको सडक भत्किएको थियो ।
शनिबार र आइतबार दुई वटा डोजर प्रयोग गरेर पहिरो पन्छाई सोमबार बिहानैदेखि राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरोका कारणले रारा ताल घुम्न जाने पर्यटकहरु बीच बाटोमा नै अलपत्र परेका थिए ।


  •  
  •  
  •