सडक नाटक ‘पछुतो’

184
  •  
  •  
  •  

मुगु : अरु दिन भन्दा यो दिन यस ठाउँमा धेरै चहल पहल थियो ।  गाउँका महिला, बालबालिका देखि वृद्धवृद्धासमेत झुम्मिएका थिए ।

कारण थियो, यहाँका विभिन्न गाउँबस्तीमा सुरक्षित गर्भपन सम्बन्धि सडक नाटक ‘पछुतो’ प्रदर्शन गरिनु ।असुरक्षित गर्भपतनका कारण धेरैको अकालमा ज्यान गएको कारण त्यसकोे रोगथाम गर्न टेवा पुगोस् तथा सुरक्षित गर्भपतनका बारेमा स्थानीयलाई जानकारी होस् भन्ने उदेश्यले नाटक प्रदर्शन गरिएको हो ।

कर्णाली नाट्य समुहको आयोजना तथा आईपास नेपालको आर्थिक सहयोग र कर्णाली गरिब न्यूनिकरण तथा विकास मञ्च प्एब्म्ँ सहजिकरणमा नाटक प्रदर्शन गरिएको हो ।

स्थानीय नागरिक एवं सिमान्तकृत वर्ग लक्षित, वर्ग गर्भवती महिला एकल महिला लगायत सबै स्थानीयहरु अन्तर्गतपर्ने समुदायका विभिन्न क्षेत्रका नागरिकहरुलाई सुरक्षित गर्भपतन गराउनुपर्छ भन्ने सन्देश नाटकमार्फत स्थानियलाई जानकारी गराइएको कर्णाली नाट्य समुह मुगुले जनाएको छ ।

मुगुमा बढ्दो असुरक्षित गर्भपनसँगै घरायसि औषधिले धेरैको अकालमा ज्यान गएकाले यसको रोगथाम गर्न र सुरक्षित गर्भपनका बारेमा जानकारी होस् भन्ने उदेश्यले नाटक प्रदर्शन आवश्यक देखिएकाले सुरक्षित गर्भपनका बारेमा नाटक पछुतो प्रदर्शन गरीएको हो ।

छायाँनाथ रारा नगरपालिकाको १३ वडा रुगा, मुगु सदरमुकाम गमगढी तथा नगरपालिकाकै ११ रोवाका विभिन्न वस्तीमा सडक नाटक प्रदर्शन गरिएको कर्णाली नाट्य समुहका संयोजक गगन बहादुर बुढा बताउँछन् ।

सडक नाटक हेर्न आएका सहभागीले सुरक्षित गर्भपनका बारेमा जान्न बुझ्न पाएका थिएनौं भन्दै नाटकबाट धेरै जान्न बुझ्न पाएको बताएका छन् ।

यस्ता कार्यक्रम सडक नाटक मार्फत अझै धेरै गर्नुपर्ने स्थानीयको भनाई छ ।
मुगुमा ईच्छा विपरित कसैको गर्भ रहेमा घरायसि औषधिको प्रयोगमा सिसा पिसेर खाने, गहतको झोल खाने लगायत जडिबुटीको प्रयोग गर्न गर्छन् ।

जसका कारण धेरैको अकालमा मृत्यु समेत हुन पुगेको कर्णाली गरिब न्यूनिकरण तथा विकास मञ्च प्एब्म्ँ कार्यकारी निर्देशक शिवचन्द कार्की बताउँछन् ।

उनका अनुसार सुरक्षित गर्भपनका बारेमा जनचेतना फैलाउन र यस्को रोगथाम गर्न सडक नाटक आवश्यक देखिएकाले सडक नाटक मार्फत स्थानीयलाई जानकारी दिईने कार्कीको भनाई छ ।


  •  
  •  
  •