कुश्मा–बागलुङ सडकखण्ड अवरुद्ध

236
  •  
  •  
  •  

बागलुङ । कुश्मा–बागलुङ खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । अविरल वर्षासँगै सडक माथिदेखि झरेको पहिरोले सडक अवरुद्ध बनाएको हो । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ नयाँपुलमा सडक माथिदेखि पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।

अबरुद्ध बाटोलाई जिल्ला प्रहरी कार्यालय, पर्वतबाट ५ जनाको टोली समेत खटाएर स्काभेटरको प्रयोगबाट खुलाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार हाल बाटोको केही अंश खुलिसकेको छ र साना सवारीसाधन सूचारु भएका छन् ।


  •  
  •  
  •