सडक निर्माणमा ढिलाई भएको भन्दै थलीका बासिन्दा आन्दोलनमा

152
  •  
  •  
  •  

काठमाडौं । सडक निर्माणमा ढिलाई भएको भन्दै काठमाडौंस्थित थलीका बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

सडक विस्तारका लागि भत्काइएको सडक मर्मतको माग गर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका कारण चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखुसम्म सवारी आवागमन ठप्प भएको छ । स्थानीयले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडकमा उत्रिएका युवाहरुले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध कारबाही गर्न पनि माग समेत गरेका छन् ।

थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि यसको स्तरोन्नतिको काम पूरा भएको छैन । यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा बिलम्व भएपछि स्थानीयले प्रदर्शन गरेका थिए ।


  •  
  •  
  •