प्रतिनिधि तथा राष्ट्रियसभाको सचिवमा योगी र पत्रकार फुयाँल

496
  •  
  •  
  •  

काठमाडौं, २६ चैत (अाेएनएस) : संघीय संसद् सचिवालयमा पत्रकार फुँयालसहित दुई सचिव थपिएका छन्। प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रियसभाकाे सचिवमा राजेन्द्र फुयाँलको नाम सिफारिस गरिएको छ। सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एकएक जना सचिव नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

संविधानको धारा १०६ को १ मा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख तथा अध्यक्षको सिफारिसमा सचिव नियुक्तिको व्यवस्था छ। सोही व्यवस्था अनुसार २ जनाको राजनीतिक सिफारिस भएको हो।

त्यस्तै राष्ट्रियसभामा पत्रकार राजेन्द्र फुँयालको नाम सिफारिस भएको छ। फुँयाल कान्तिपुर दैनिकमा आबद्ध थिए। उनले पहिलो संविधानसभाको असफलताबारे पुस्तकसमेत लेखेका छन्।


  •  
  •  
  •