काठमाडौँ, २४ पुस(ओएनएस) : भारतीय एकदिवसीय र टी-२० टोलीका कप्तान महेन्द्र सिंह धोनीपछि अब मास्टर ब्लास्टर सचिन तेन्दुलकर पनि पर्दामा देखिने भएका छन् ।
सचिनमाथि बन्न लागेको चलचित्रमा सचिनले आफै उक्त भूमिका गर्ने भएका छन् । उक्त चलचित्रलाई देशभरका २ हजार सिनेमाहलमा प्रदर्शन गर्ने योजना भइरहेको छ तर, यसको पहिलो शो कहिले हुने भन्ने बारे कुनै टुङ्गो लागेको छैन् ।
यस चलचित्रको निर्माण मुम्बईको एक प्रोडक्सन कम्पनी ‘२०० नट आउट’ले गर्ने भएको छ । ‘२०० नट आउट’ले अहिलेसम्म १ सय ५० भन्दा विज्ञापन र शर्ट फिल्म निर्माण गरिरहेको भारतीय सञ्चारमाध्मयले जनाएकी छिन् । कम्पनीले आफ्नो पुरानो कामको आधारमा वर्ल्ड स्पोर्टर्स ग्रुपसँग सचिनको चलचित्र निर्माण गर्ने अधिकारि किनेको हो । स्पोर्टर्स ग्रुप सचिनको ब्राण्ड व्यवस्थापन र कमर्शियल कार्य हेर्ने गर्छन् ।