गिनिज वर्ल्ड रेकर्डद्धारा सचिन तेन्दुलकरलाई सम्मान

354
  •  
  •  
  •  

sachin-tendulkarकाठमाडौ, २९ मंसिर(एजेन्सी) :  भारतका स्टार ब्याटस्म्यान सचिन रमेश तेन्दुलकरलाई गिनिज वर्ल्ड रेकर्डले सम्मान गरेको छ । गिनिज वर्ल्ड रेकर्डको ६० वर्ष पुरा भएको अवसरमा सचिनलाई सम्मान गरिएको हो । गिनिजले ६० जना खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडल दिएर आफ्नो ६० औ वर्षगाँठ मनाएको छ ।

सचिनले उक्त कार्यक्रममा आफू गिनिज वर्ल्ड रेकर्डको ६० औ वर्षको एक हिस्सा बन्न पाएकोमा निकै खुसी भएको बताएका छन् । उनले भने, ‘मैले आफ्नो क्रिकेट करिअरमा जे हासिल गरे, त्यसमा मलाई गर्व छ । यसका साथै धेरै खेलाडीहरूको साथमा यो सम्मान पाएर विषेश अनुभुती भइरहेको छ ।’

सचिनले भारतका लागि २ सय टेष्ट, ४६३ वन डे र १ इन्टरनेशनल टी-२० को प्रतिनिधित्व गरेका छन् । क्रिकेटको टेष्ट र एकदिवसिय दुवै प्रतियोगितामा सचिनको नाममा सबैभन्दा बढि रन र शतक दर्ता छन् ।

यस अवसरमा बोल्दै गिनिज वर्ल्ड रेकर्डका इडिटर इन चीफ क्रेग ग्लीनडेले भने, ‘सचिन तेन्दुलकर भारतका सबैभन्दा धेरै रेकर्ड बनाउने खेलाडी हुन् । यसका साथै उनी भारतको मात्र नभई विश्वका लाखौ मानिसका लागि प्रेरणाको स्रोत पनि हुन् ।


  •  
  •  
  •