विश्वकपमा सचिनले अण्डरवेयरमा टिस्युपेपर राखेर खेले

233
  •  
  •  
  •  

sachin-tendulkarकाठमाडौ, ७ मंसिर(एजेन्सी) : क्रिकेटका मास्टर ब्लास्टर सचिन तेन्दुलकरले विश्वकपको एक खेलमा पेट खराब भएपछि अण्डरवेयरमा टुस्युपेपर राखेको खेलेको खुलासा गरेका छन् । उनले यस्तो खुलासा उनको अटोबायोग्राफी ‘प्लेइङ इट माई वे’ मा गरेका हुन् । उनले श्रीलंकाविरूद्धको खेलमा यस्तो गरेको बताएका छन् ।

उनले उक्त खेलमा ९७ रनको पारी खेलेका थिए भने खेलमा भारतले श्रीलंकालाई १ सय ८३ रनको भारी अन्तरले पराजित गरेको थियो । सुपर-६ लिगको उक्त खेल सन् २००३ मार्च १० मा जोहानेशवर्गको वाण्डरर्समा खेलिएको थियो ।

सचिनले उक्त अटोबायोग्राफीमा लेखेका छन्, ‘यस एक राज है जसलाई लेखिरहँदा म लज्जित महसुस गरिरहेको छु । श्रीलंकासँग खेल खेल्नुभन्दा एक दिन पहिले मेरो पेट खराब भएको थियो । सायद पाकिस्तानसँगको खेलमा आएको क्र्याम्पका कारण यस्तो भएको थियो । मैले आफ्नो पेय पदार्थमा नुन पनि मिसाएको थिए । तर, यसले मेरो पेट थप खराब भयो । मेरो हालत यति खराब भयो की मलाई अण्डरवेयरमा टिस्युपेपर राखेर खेल्नुपर्यो । एक पटक त मैदानमा निकै असहज भएको थियो । पछि मलाई ड्रिंक्स ब्रेकका क्रममा ड्रेसिङ रूममा जानु परेको थियो ।’

सचिनले थप लेखेका छन्, ‘मैले केही गरी उक्त खेलमा ९७ रन जोडे, तर ब्याटिङ गर्दा ब्याट उठाऊँदा निकै गाह्रो भएको थियो । मैले आफ्नो खराब अवस्थालाई पर धकेल्दै खेलिरहेको थिए । तर, अन्तिम नजिता राम्रो रह्यो, त्यतिबेला निकै खुसी लाग्यो ।’


  •  
  •  
  •  

Comments are closed.