सचिन तेन्दुलकरले पशुपतिको दर्शन गरे

85
  •  
  •  
  •  

काठमाडौं । भारतका पूर्व–क्रिकेटर सचिन तेन्दुलकरले आइतबार पशुपतिनाथको दर्शन गरेका छन् ।
हाल नेपालमा रहेका तेन्दुलकर आइतबार बिहानै पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पुगेका थिए ।
उनले पशुपतिमा विशेष दर्शन तथा पूजा गरेको जनाइएको छ ।

उनी गएको शुक्रबार राति नेपाल आएका हुन् । सचिनले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरको अवलोकन गरेका थिए ।
यस्तै त्यहाँ उनले क्रिकेट समेत खेलेका थिए । युनिसेफको आयोजनामा कीर्तिपुर मैदानमा भएको खेलमा सचिनको टिमले विनोद दासको टिमलाई पराजित गरेको थियो ।

बालअधिकार सम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल स्थित युनिसेफ कार्यालयले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो । सचिन युनिसेफका सद्धभावना दूत हुन् ।


  •  
  •  
  •