सभामुखकाे उम्म्दवारी दर्ता हुने समयकाे मुखैमा प्रचण्ड र ओलीबीचको पुर्व सहमतिमा फेरबदल हुने संकेत

289
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : वाम गठबन्धनको रुप दिएका नेकपा माओवादी र नेकपा एमालेका द्धय अध्यक्षबीच भएको पुर्व सहमति अनुसार सभामुखमा फेरबदल हुन लागेको स्रोतले बताएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दहाल र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको पुर्व सहमति अनुसार समाभुख माओवादी केन्द्रले र राष्ट्रियसभाको अध्यक्ष एमालेले लिने सहमति भए पनि सभामुखको उम्मेदवारी दर्ता हुने समयको मुखैमा फेरबदल हुने लागेको एमालेका एक नेताले बताएका छन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच पुर्व सहमति फेरबदल हुने संकेत देखिएकाेले सभामुख एमालेले र राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिने छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् ।

सभामुखका लागि माओवादी केन्द्रका कृष्णवहादुर महरा र एमालेका सुवासचन्द्र नेम्वाङमध्ये एक जनाको उम्मेद्वारी दर्ता दर्ता हुने सम्भावना रहेकाे वाम गठबन्धनका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले सभामुखमा नेम्वाङलाई दोहोर्याउन चाहेका छन् । दुई अध्यक्षबीच नेम्वाङलाई सभामुख र माओवादीका नेता दिनानाथ शर्मालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दुवै अध्यक्षबीच सबै विकल्पमा छलफल भइरहेकाले मनोनयन दर्ता नहुँदासम्म केही भन्न नसकिने बताएका छन् ।

प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारको मनोनय दर्ता हुन लागेको छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान १० देखि दिउँसो २ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ।सभामुखको लागि भोलि दिउँसो १ बजे चुनाव हुनेछ ।


  •  
  •  
  •