सभामुखमा माअाेवादी केन्द्रका महरा निर्विरोध, औपचारिक घोषणा भोलि हुने

244
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : प्रतिनिधि सभाको सभामुखमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा निर्विरोध चयन हुने भएका छन्।

शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा महराको मात्र मनोनयन दर्ता भएपछि उनी सभामुख बन्ने निश्चित भएका हो।

एकमात्र उम्मेदवारी परे संसद बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था रहेको संघीय संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

शुक्रवार महराले सभामुख पदका लागि उम्मेदवार दर्ता गराएका थिए। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने जनाएपछि उनको मात्र मनोनयन दर्ता भएकाे हाे। अब शनिवार प्रतिनिधि सभाको अन्तरिम कार्यविधि अनुसार महरालाई सभामुख घोषणा गरिनेछ।


  •  
  •  
  •