‘हत्या अभियोग’ लागेका व्यक्तिलाई सभामुख नबनाउन माग

88
  •  
  •  
  •  

काठमाडौं । ‘हत्या अभियोग’ लागेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटालाई सभामुख नबनाउन माग राख्दै काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको छ ।

 माइतीघर मण्डलमा विभिन्न क्षेत्रका व्यक्तिहरु, नागरिक समाजका प्रतिनिधिलगायतले प्रदर्शन गरेका हुन् । नेकपाले रिक्त सभामुखका लागि अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा दिएकी थिइन् ।

सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य रहेका सापकोटा मात्रै एक्ला उम्मेदवार हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने तयारी गरे पनि संसदीय कार्यसमिति बैठकले सभामुख पद तटस्थ हुने भन्दै उम्मेदवारी नदिने निर्णय गरेको थियो।

सभामुखका एक्ला उम्मेदवार सापकोटाविरूद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्या आरोपमा मुद्दा छ।


  •  
  •  
  •