सभामुख पदको लागि अग्नि सापकोटाले दिए उम्मेदवारी

77
  •  
  •  
  •  

काठमाडौं । नेकपाका सांसद अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सापकोटाले नेकपाका नेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाकै ओनसरी घर्ती, देव गुरुङ र राजपाका लक्ष्मणलाल कर्ण समर्थनमा उम्मेदवारी दर्ता गराका हुन् । उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ बजेसम्मको समय तोकिएको थियो ।

नेपाली काङ्ग्रेसले प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी नदिने भएको छ । आज बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको संसदीय दलको कार्यालयले जनाएको छ ।


  •  
  •  
  •