सभामुख पदको लागि उम्मेदवारी दर्ता आज

376
  •  
  •  
  •  

काठमाडौं । सभामुख पदको लागि आज उम्मेदवारी दर्ता हुदैछ । आउँदो माघ १२ गते र हुने प्रतिनिधि सभाको सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता संसद् सचिवालयले जनाएको छ ।

बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता भने संसद् सचिवालयले आजै साढे २ बजे उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने छ ।

सभामुख पदको लागि नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले भने अहिलेसम्म सभामुख पदमा उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा निर्णय गरिसकेको छैन ।

माघ १२ गते दिउँसो ३ बजे सभामुखको लागि मतदान हुनेछ । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन हिंसाको आरोपमा असोज १४ गते पक्राउ परेपछि रिक्त रहेको सभामुख पदका लागि चुनाव हुन लागेको हो ।


  •  
  •  
  •