माओवादीले पुर्व सहमति अनुसार नै जानुपर्ने भन्दै सभामुखमा महरालार्इ उठाउँदै

233
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : नेकपा माओवादी केन्द्रले पुर्व सहमति अनुसार नै जानुपर्ने भन्दै प्रतिनिधिसभाको सभामुखमा नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी केन्द्रको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषासले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिइन् । यसअघि एमालेसँगको सहमतिका आधारमा महरालाई सभामुखको उम्मेदवार बनाएको प्रवक्ता भुषासले बताइन्।

प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारको मनोनय दर्ता हुदैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान १० देखि दिउँसो २ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ ।

सभामुखको लागि भोलि दिउँसो १ बजे चुनाव हुनेछ ।


  •  
  •  
  •