सभामुख र उपसभामुखको पुनः निर्वाचनका लागि कांग्रेसले उठायाे संसदमै अावाज

195
  •  
  •  
  •  

काठमाडौँ, ३१ जेठ (ओएनएस) : नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको पुनः निर्वाचन गराउनु पर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा कांग्रेस नेतृ उमा रेग्मीले सभामुख र उपसभामुखको पुनः निर्वाचन गर्न माग गरेकी हुन् । उनकाे माग कांग्रेसका सबै सांसदकाे समर्थन रहेकाे थियाे।

त्यस्तै बैठकमै विशेष समय लिएर कांग्रेसका नेता बालकृष्ण खाँणले पनि सभामुख र उपसभामुख एउटै दलको हुन नहुने धारणा राखेका थिए ।

सोही विषयलाई लिएर सदनमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको थियो । कांग्रेसले संसदमा लगातार यो बिषय उठाउँदै आएको छ ।

‘संविधानको धारा ९१ को उपधारा २ मा सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र एउटै दलबाट हुन नहुने व्यवस्था स्पष्ट छ ।

यसअघि बिहीवारको बैठकमा एमालेका खगराज अधिकारीले सभामुख र उपसभामुख दुवैले पार्टी परित्याग गरिसकेको भन्दै एउटै पार्टीको भन्न नमिल्ने तर्क गरेका थिए ।


  •  
  •  
  •