विद्यालय व्यवस्थापन समितिको चुनावमा झडप, २ जनाको गोली हानी हत्या

619
  •  
  •  
  •  

dhanusa_districtधनुषा, ९ चैत (ओएनएस) :  विद्यालय व्यवस्थापन समितिको चुनावमा भएको विवादले उग्ररुप लिँदा धनुषामा २ जनाको ज्यान गएको छ ।

धुनषाको सबैला नगरपालिको मदन आश्रित निमाविको व्यवस्थापन समितिको निर्वाचनको विषयमा नेपाली कांग्रेस, एमाओवादी लगायतका दलले संयुक्त भेला गरिरहेको बेला एमाले कार्यकर्ताले आइतबार राति संघातिक हमला गरेका थिए । हमलामा रामसेवक राउत र रामप्रकाश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई चार गोली लागेको छ ।

रामसागर साह गम्भीर घाइते भएका छन् । साहको उपचार काठमाडौंको जोरपाटीमा उपचार भइरहेको छ । गम्भीर घाइते राउतको उपचार क्रममा काठमाडाैमा मृत्यु भएको थियो भने यादवलाई गएराति डेढ बजेतिर अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले बताए ।

व्यवस्थापन समितिको चुनावको लागि सोमाबार उमेदवारी दर्ता गर्ने समय तोकिएको थियो । निर्वाचनको लागि संयुक्त भेला गरिरहेका कांग्रेस एमाओवादीमाथि एमाले कार्यकर्ताले गोली हानेको बताइएको छ ।


  •  
  •  
  •