सार्क सम्मेलन सर्दै

208
  •  
  •  
  •  

काठमाडौं, असार ६ – आगामी कार्तिक अन्त्यमा गर्न प्रस्ताव गरिएको दक्षिणएसियाली क्षेत्रीय सहयोग संगठन सार्क को १८ औ शिखर सम्मेलन केही महिना पर सर्ने भएको छ ।

आयोजक मुलुक नेपालले नै तयारी पूरा गर्न नसकेको भन्दै सार्न प्रस्ताव गर्ने संभावना बढिरहेकै बेला केही सदस्य राष्ट्रले त्यो समय उपयुक्त नभएको बताएकाले सम्मेलन सर्ने प्रायः निश्चित भएको परराष्ट्र मन्त्रालयका उच्च स्रोतले बतायो ।
सरकारले कात्र्तिकको अन्तिममा सम्मेलन गर्न प्रस्ताव गरेपनि अहिलेसम्म मिति नै तोकेर सदस्य मुलुकहरुलाई पत्राचार गरेको छैन् । सार्कमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान,श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तान सदस्य छन् ।
सरकारले कात्तिकको अन्त्यमा सुरु गरी मंसिरको पहिलो सातासम्म सम्पन्न गर्ने र त्यो पनि संभव नभए मंसिर तेस्रो साता गर्ने गरी सदस्य मुलुकसँग छलफल अघि बढाएको थियो ।
अन्नपूर्ण पोस्टबाट


  •  
  •  
  •