सार्क मुलुकको विकासको लागि अर्थपूर्ण एकता –नेपाल

273
  •  
  •  
  •  

काठमाडौं १० मंसिर (ओएनएस) : राजधानीमा सुरु १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालले सार्कको विकासको लागि यस क्षेत्रका मुलुकले मिलेर काम गर्नु पर्ने बताएका छन् ।

प्रधानमन्त्री कोइरालले सार्कको विकासको लागि अर्थपूर्ण एकता जरुरी भएको बताए । उनले दक्षिण एसियामा ब्यस्त रहेको गरिबि, भोकमरी, आतङ्कवाद, सीमा अपराध, हतियार तथा लागु औषद ओसारपसराको समस्याको समाधान गर्न सार्क मुलुक एक हुन पर्ने बतबाए ।

उनले सार्क मुलुकको आर्थिक उन्नतीको लागि दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को कार्यान्वयन गर्नुका साथै सार्कका अन्य संस्थालाई सक्रिया पार्न साझा प्रतिबद्धता गर्नुपर्ने बताए । कोइरालाले सार्क मुलुकलाई प्रगतीपथमा अघि बढाउन कृषि, स्वास्थ्य, सरसफाइृ, महिला सशक्तीकरण गर्नुका साथै स्रोत, साधन, विज्ञान तथा प्रविधिको बिकासमा जोड दिनु पर्ने बताए । कोइरालालले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न पनि सबै मुलुक एक हुनु पर्ने बताए ।

उनले नेपालको राजनीतिक अवस्थाको जानकारी दिदै संबिधानसभाबाटै समावेशी, संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संबिधान जारी गर्न राजनीतिक दलहरु लागि परेको बताए ।

चीनसँग सहकार्य आवश्यक छ – पाकिस्तान
सार्क शिखर सम्मेलनमा सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सार्क राष्ट्रहरुले चीनसँग सहकार्य गर्नु पर्ने बताएका छन् । सरिफले दक्षिण एसियाको विकासको लागि विश्वको आर्थिक शक्ति चीनसँगको सहकार्य महत्वपूर्ण हुने बताए ।

सरिफले सार्क राष्ट्रहरुको आर्थिक बिकासको लागि चीनका साथै मध्यएसियाका राष्ट्रहरुसँग पनि सहकार्य गर्नु पर्ने बताए । सार्क राष्ट्रहरुले विकासको लागि एक–आपसमा नलडि अन्य राष्ट्रहरु सहकार्य गर्नु सरिफको भनाई थियो ।

सार्कमा आफ्नो भूमिका खोज्दै आएको चीनसँग सहकार्य गर्नेु नेपालले पनि बताउँदै आएको छ । हाल चीन सार्कको पर्यवेक्षक राष्ट्र हो । पाकिस्तानले पनि चीनलाई सार्क संगठनमा ल्याउने सांकेतिका भाषा बोलेपछि नेपालको भनाईलाई थप बल पुगेको छ ।


  •  
  •  
  •