सार्कको उदघाटन सत्र समाप्त

334
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर (ओएनएस) :  दक्षिण एसियाली क्षेत्रीय सहयोग (सार्क) को १८ औं शिखर सम्मेलनको उदघाटन सत्र सकिएको छ । प्रधानमन्त्री सुशील कोइरालो भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहका उदघाटन गरेको समारोहमा सार्कका राष्ट्र तथा सरकारले सम्बोधन गरेका थिए । साथै पर्यवेक्षक राष्ट्रका प्रतिनिधिले सम्बोधन गरेपछि सार्कको उदघाटन सत्र सकिएको हो ।

उदघाटनसत्रमा सम्बोधन गर्ने सबै राष्ट्रका सरकार तथा रष्ट्र प्रमुखले सार्क क्षेत्रको विकासको लागि सबै मुलुकले एकताबद्ध रुपमा काम गर्नु पर्नेमा जोड दिएका थिए । माल्दिभ्सका राष्ट्रपति अब्दुल यमिले कोइरालाई सार्कको अध्यता हस्तारण गरेका थिए । ‘शान्ति र समृद्धिका लागि गहन एकता’ भन्ने नाराका साथ सम्मेलन शुरु भएको सम्मेलनको उद्घाटन आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गरेपछि कोइरालाले सम्मेलन उद्घाटन गरेका थिए । त्यसपछि सम्मेलनले छलफलका कार्यसूची अनुमोदन गरेपछि सार्कको अध्यक्षताका लागि माल्दिभ्सका राष्ट्रपति गैयुमले आयोजक राष्ट्र नेपालका प्रधानमन्त्रीलाई प्रस्ताव गरेका थिए । नेपालको प्रस्तावप्रति सार्कका सबै मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले स्वीकृति जनाउनु जनाएका थिए ।

अध्यक्ष प्रस्तावको स्वीकृतिपछि नेपालका प्रधानमन्त्रीले सार्कको अध्यक्षमा निर्वाचित भएकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो उद्घाटन सम्बोधन गरेका थिए । सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका थिए ।

त्यसपछि पर्यवेक्षकमा अष्ट्रेलिया, चीन, इरान, जापान, कोरिया, म्यानमार, अमेरिका र युरोपेली संघका प्रतिनिधिले मन्तव्य राखेका थिए भोलिसम्म चल्ने सम्मेलन राजधानीको राष्ट्रिय सभागृहमा हुँदैछ ।


  •  
  •  
  •