सार्कका राष्ट्र/सरकार प्रमुखलाई धुलिखेलमा रिट्रिट (फोटोफिचर)

373
  •  
  •  
  •  

काठमाडौं ११ मंसिर (ओएनएस) : दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको दौरन आयोजक नेपालले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई रिट्रिट दिएको छ । धुलिखेलको होटल द्धारिकाजमा भएको रिट्रिटमा बंगलादेशीका प्रधानमन्त्री शेख हसिना बाहेक अन्य राष्ट्र तथा सरकार प्रमुख सहभागि भए । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बंगलादेशकी प्रधानमन्त्री हसिना अनुपस्थित भएकी हुन् । धुलिखेलमा प्रधानमन्त्री सुशील कोइराला सबैभन्दा पहिले पुगेका थिए ।

B3cJjoUCQAAdQ95कोइरालासँगै धुलिखेल पुगेका संचार मन्त्री डा. मिनेन्द्र रिजालले सार्क मुलुकका प्रमुखहरुलाई स्वागत गरेका थिए । रिट्रिटमा नेपालका प्रधानमन्त्री सुशील कोइराला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे र माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन सहभागी भए ।

रिट्रिटमा सार्क क्षेत्रको विकास र आपसी हितका विषयमा राष्ट्रध्यक्ष र सरकार प्रमुखहरु बीच द्धिपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय छलफल र कुराकानी भएको छ । द्धारिकाज रिसोर्टमा बस्ने राष्ट्रध्यक्ष र सरकार प्रमुखहरु खाना खाएर दिउँसो फर्किनेछन् ।

B3b35-cCYAAZqcK B3bkDO2CQAEwU3x B3bnuSkCMAA2QGI B3byhK_CYAIK9JJ

RT 4 Rt 1 RT 2 RT 3


  •  
  •  
  •