सार्क सम्मेलनमा २ दिन सरकारी र ४ दिन विद्यालय विदा दिन गृहमन्त्रालयको प्रस्ताव

139
  •  
  •  
  •  

काठमाडौं, २६ कात्तिक, (ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनका लागि २ दिन सरकारी विदा दिन गृहमन्त्रालयलले प्रस्ताव गरेको छ ।

मन्त्रालयले १० र १ज्ञ गते विदाका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो । उपत्यकाकबो सुरक्षालाई ध्यानमा राख्दै मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रस्ताव पठाएको हो ।

सुरक्षा निकायले सुरक्षा र यातायात व्यवस्थापनलाई सहज गर्न दुई दिन सरकारी विदा र ४ दिन विद्यालय विदा गर्न मन्त्रालयलाई सुझाव दिएको थियो ।
त्यस्तै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्क सम्मेलन हुने दुई दिन उपत्यकामा जोर–बिजोर नम्बर प्लेट भएका सवारी साधन चलाउने प्रबन्ध गर्न सुझाव दिएको थियो । तर यसबारे भने निणर्य भइसकेको छैन ।


  •  
  •  
  •