सार्क सम्मेलनकोे तयारी पूरा

187
  •  
  •  
  •  

काठमाडौं, ६ मंसिर  (ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औंँ शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएकोे छ ।
भौतिक पूर्वाधार निर्माण तथा सारभूत विषयसहित सम्पूर्ण तयारी पनि पूरा भएको सरकारले जानकारी दिएको हो ।

सदस्य मुलुकका परराष्ट्र÷विदेश ÷बाह्य मामिला मन्त्रालयमा सार्क मामिला हेर्ने सहसचिव सम्मिलित कार्यक्रम समितिको शनिबारको बैठकमा शिखर सम्मेलनमा सदस्य देशले समावेश गर्ने विषय, काठमाडौँ घोषणापत्रबारे बुँदागत छलफल तथा त्यसमा आवश्यक परिमार्जन एवम् पुनर्लेखन हुने बताइएको छ ।

परिष्कृत विषयवस्तु तथा समितिले निरुपण गर्न नसकेका विषय सचिवहरू सम्मिलित स्थायी समिति समक्ष प्रस्तुत गर्नेछ ।
त्यस्तै आइतबार र सोमबार आठ वटै मुलुकका परराष्ट्र,विदेश ,बाह्य मामिला सचिवको नेतृत्वमा हुने स्थायी समितिको बैठकले कार्यक्रम समितिले प्रस्तुत गरेका दस्तावेजमा आवश्यकतानुसार सुधार गरी नीतिगत विषयसमेत समेटेर राजनीतिक तहमा निर्णय गर्नुपर्ने विषयलाई सार्क मन्त्रिपरिषद्मा पेस गर्नेछ ।

मंगलवार हुने मन्त्रिपरिषद् बैठकले काठमाडौँ घोषणापत्रलाईं अन्तिम रुप दिनका साथै क्षेत्रीय सम्झौताका विषयलाई निष्कर्षमा पु¥याउनेछ । मन्त्रिपरिषद्ले किनारा लगाउन नसकेका विषय सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुखको बैठक शिखर सम्मेलनमा प्रस्तुत हुनेछ ।
अठारौंँ शिखर सम्मेलनमा १७ औैँ शिखर बैठकपछि भएका सार्कसँग सम्बन्धित बैठकका प्रतिवेदनको समीक्षाका साथै

सार्क वित्त, गरिबी निवारण, कृषि तथा ग्रामीण विकास, सामाजिक विकास, स्वास्थ्य र जनसङ्ख्यालगायत सार्कअन्तर्गत स्वीकृत सहयोगका क्षेत्रबारेमा पनि गहन विचारविमर्श हुनेछ ।


  •  
  •  
  •