सार्कको लागि बनाइएका संरचना व्यवस्थित गर्न निर्देशन

293
  •  
  •  
  •  

काठमाडौं, १२ मंसिर (ओएनएस) : मुख्य सचिव लीलामणी पौड्यालले बिहिबार सकिएको १८ औं सार्क शिखर सम्मेलनको दौरान बनाइएका संरचनहरुलाई व्यवस्थित गर्न सम्बन्धित निकायलाई निर्देश दिएका छन् ।

शुक्रबार मुख्य सचिव पौड्यालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय‚ सहरी विकास मन्त्रालयका सचिव‚ अर्थ मन्त्रालय‚ सूचना तथा सञ्चार मन्त्रालय‚उर्जा मन्त्रालय‚संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय‚ काठमाडौं उपत्यका विकास प्राधिकरण‚ काठमाडौं तथा ललितपुर नगरपालिका र अन्य सरोकार निकायका पदाधिकारीलाई संरचनाहरुको बैठक बोलाउदै ब्यस्थित गर्न निर्देशन दिएका हुन् ।

सार्क सम्मेलनको लागि लक्षित गरी निर्माण गरिएका विकास निर्माणका र सफाईको कामलाई दिगो रुपमा व्यवस्थापन गर्न र बाँकी कामलाई निरन्तर रुपमा गरी छिट्टै सम्पन्नको लागि पनि उनले भनेका छन् ।

सार्कको लागि निर्माण भौतिक पूर्वाधारको दीर्घकालीन पूर्वाधार विकास गर्न सहरी सौन्दर्यकरण बढाउन सम्बन्धित निकायका पदाधिकारी रहेको कार्यदल समेत गठन गरिएको छ ।

यस्तै काठमाडौंको सडक र सरसफाई कायम गर्न‚ सडकमा गरिएको हरियाली प्रवर्द्धनको संरक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

नगरपालिकाहरुले सडक फुटपाथको फोहोर डस्टबिन राख्ने‚ सहरका भित्ताहरुमा प्रचार सामाग्री राख्न वा टाँस गर्न नदिने‚ नियमित रुपमा सडक सफाई गर्ने‚ रोपिएका विरुवाको संरक्षण गर्ने‚ अलपत्र भएका तारहरुलाई थप व्यवस्थित गर्नेछ ।

यस्तै काठमाडौं उपत्यकामा आवश्यक पर्ने करीब ४०० सार्वजनिक शौचालयको निर्माण कार्यलाई सम्पन्न गर्ने‚आगामी विमस्टेक सम्मेलनलाई समेत ध्यानमा राखी आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणको योजना बनाउन पनि निर्देंशन दिएको छ ।


  •  
  •  
  •