बुधवारदेखि सम्मेलन सुरु
काठमाडौं ९ मंसिर (ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क सम्मेलनका ३६ औं मन्त्रिस्तरीय बैठक सम्पन्न भएको छ ।
बैठकले सार्कको समग्र कार्यसूची निर्धारण गरिएको छ । सार्क बडापत्रअनुसार शिखर सम्मेलनको अघिल्लो दिन सदस्य
देशका परराष्ट्र बाह्य मामिला मन्त्री सम्मिलित मन्त्रिपरिषद बैठक गर्ने प्रावधान छ ।
बैठकको प्रारम्भमा तस्बिर, तथ्याङक र रेखाचित्रयुक्त गरिबी निवारण तथा सार्क विकास लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्याभ्यास प्रतिवेदन, सरसफाइसम्बन्धी दक्षिण एसिया कार्यसंरचनालगायत प्रतिवेदन सार्वजनिक गरिएको थियो । त्यसको आधिकारीक सूचना भने आइसकेको छैन ।
बुधवारदेखि सुरु हुने सम्मेलनको बैठकका लागि सवै देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरु काठमाडौं आइसकेका छन् । सम्मेलन विहीवारसम्म चल्ने छ ।
Comments are closed.