बंगलादेश र भुटानकबाहेकका सार्कका राष्ट्र/सरकार प्रमुख बिहिबार स्वदेश फर्कदै

184
  •  
  •  
  •  

SAARCकाठमाडौं, ११ मंसिर (ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका सार्क मुलुका राष्ट तथा सरकार प्रमुख मध्ये ५ देशका बिहिबार राति स्वदेश फर्कने भएका छन् । राष्ट्रपति रामवरण यादवले दिने विशेष रात्री भोजमा सरिक भएर उनीहरु बिहिबार राति नै फर्कने लागेका हुन् ।

बिहिबार फर्कनेहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री मुहम्मद नवाज सरिफ, अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र श्रीलंकाका राष्ट्रपति महेन्दा राजापाक्षे आफ्नो नीजि बिमानबाट स्वदेश फर्कनेछन् । मोदीको भारतीय वायु सेनाको विशेष विमानबाट, पाकिस्तानी वायु सेनाका जहाजबाट, अफगानिस्तानका राष्ट्रपति असरफ घानी पनि विशेष विमानबाट स्वदेश फर्कने छन् ।

यस्तै राजपाक्षे आफ्नै देशको निजी बिमानबाट स्वदेश फर्कनेछन् भने माल्दिभ्सका राष्ट्रपति अव्दुल्ला यमीन कतार एयरवेजको नियमित उडानबाटै बिहीबार राती नै दोहा हुँदै स्वदेश फर्कदै छन् । सामान्य विरामी परेकी बंगलादेशी प्रधानमन्त्री शैख हसिना काठमाडौं–ढाकाको शुक्रबारको नियमित उडानबाट तथा भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे पनि शुक्रबार काठमाडौं–थिम्पुको नियमित उडानबाट स्वदेश फिर्नेछन् ।


  •  
  •  
  •