बार्षिक रु.११ अर्वको हस्तकलाका वस्तु निर्यात

334
  •  
  •  
  •  

२५ अर्वको  उत्पादन

रक्षा रेग्मी

काठमाडौं, २० कात्तिक(ओएनएस) : नेपालमा बार्षिक २५ अर्वको हस्तकलाका सामग्री उत्पादन हुने गरेको छ । त्यसमध्ये ११ अर्वको हस्तकलाका सामग्री निर्यात हुने हस्तकलामहासंघले जानकारी दिएको छ । बाँकी सामग्री स्वदेशमै खपत हुने गरेको महासंघका उपाध्यक्ष किरण डंगोलले बताए । नेपालबाट विशेषगरी अमेरिका,चीन,भारतलगायत मुलुकहरुमा २५ प्रकारका हस्तकलाका बस्तुहरुको निर्यात हुने उनले जानकारी दिए ।

फेल्ट,कागजका सामग्री,छालाजन्य बस्तु,पश्मिना,धातुकलालगायतको निर्यात हुने बताइएको छ । यो व्यवसायबाट ११ लाखले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएको डंगोलको दावी छ ।

सार्क हस्तकला प्रदर्शनी तथा १२औं हस्तकला व्यापार मेला हुने

handicraft_bigसार्क हस्तकला प्रदर्शनी तथा १२औं हस्तकला व्यापार मेला आयोजना हुने भएको छ ।

मंसिर ४ देखि भृकुटीमण्डपमा आयोजना हुने मेलामा २ सय भन्दा हस्तकला सामग्रका स्टल रहने बताइएको छ । जसमध्ये सार्क कल्चरल सेनटरको सिफारिसमा सार्कका आठ राष्ट्रका ४० ओटा स्टल र पाकिस्तान तथा बंगलादेशका व्यापारीहरुको २० ओटा स्टल रहने बताइएको छ । विहीवार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी दिइएको हो ।

‘हाम्रो हस्तकला हाम्रो गौरव’ नाराका साथ सुरु हुन लागेको मेलामा नेपाल सरकारका उच्च पदस्त कर्मचारी,विदेशी कुनैतिक नियोगका प्रतिनिधिलगायतको समेत सहभागिता रहने बताइएको छ । मेलालाई सार्क क्षेत्रकै हस्तकलाको विजनेस हवका रुपमा विकास गरिने बताइएको छ ।

४ दिनसम्म चल्ने सो मेलाको प्रधानमन्त्रीले उद्दघाटन गर्ने बताइएको छ ।
सो अवसरमा व्यापार प्रवद्र्वन केन्द्रका कार्यकारी निर्देशक इश्वरीप्रसाद घिमिरेले मेलामा नेपालका स्थानीय उत्पादनको प्रवद्र्वन गर्नुपर्ने बताए ।

‘यस अघिका मेलाहरुमा नेपाली स्टलमा विदेशी हस्तकला राखेको देखिन्थ्यो , यो परिपाटी त्याग्नु पर्छ ’ उनले भने ।साथै विशेषगरी छालाजन्य बस्तु र कागजका सामग्रीहरुको प्रवद्र्वन गर्न सकेमा व्यापार घाटा घट्ने जानकारी दिए ।download (5)

यसैविच मेलामा दशौं प्रतियोगितात्मक हस्तकला प्रतियोगिता पनि आयोजना हुने भएको छ । चाँदीजन्य वस्तु तथा काष्ठकलाको सामग्रीको प्रतियोगिता हुने छ । जसमा २० जनासम्मले भाग लिन सक्नेछन् । प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।


  •  
  •  
  •