सार्क विदेशमन्त्रीस्तरीय बैठक सुरु

220
  •  
  •  
  •  

काठमाडौं, ९ मंसिर (ओएनएस)  : १८ औं  सार्क शिखर सम्मेलनअन्तर्गत विदेशमन्त्रीस्तरीय बैठक मंगलबार काठमाडौंमा सुरु भएको छ ।  सोमबार सचिवस्तरीय बैठकले गरेको निर्णय मन्त्रीस्तरीय बैठकले मंगलबार अनुमोदन गर्नेछ । त्यसै अनुसार सार्क शिखर सम्मेलनमा छलफल हुनेछ ।

सार्क मुलुकबीच यातायात, उर्जा रेलमार्ग लगायतका विषयमा सम्झौता हुने तयारी छ । सार्कस्तरीय सचिवहरुको बैठकले सार्कमा छलफल गर्ने २६ वटा एजेण्डा तय गरेको छ ।

शान्ति र समृद्धिका लागि गहन एकता भन्ने मुख्य नारा दिइएको सम्मेलनको मुख्य बैठक रुपमा लिइएको सचिवस्तरीय बैठकका एजेण्डा सार्क मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि काठमाडौं घोषणापत्र जारी गर्नका लागि शिखर सम्मेलनमा प्रस्तुत गरिने छ । सार्क विदेशमन्त्रीहरु आज काठमाडौं आइसकेका छन् ।

India Nepal


  •  
  •  
  •  

Comments are closed.