सार्कको बेला गोजीमा हात राखेर हिड्न निशेध !

170
  •  
  •  
  •  

thकाठमाडौं ९ मंसिर (ओएनएस) : काठमाडौं गोजीमा हात राखेर सडकमा हिड्दै हुनुहुन्छ भने हात निकालिहाल्नुहोस ,फेरी पुलिसले सोधपुछ गरेर दुख देला ।

सार्कमा भित्रने पहुनाहरुको सुरक्षाका लागि भन्दै गोजीमा हात राखेर हिड्नेलाई हात झिक्न लगाउने तथा सोधपुछ गर्ने गरेको छ ।
त्यस्तै  मास्क वा मुख छोप्ने कुनै पनि कपडा नलगाउन पनि निर्देश्न दिएको छ । सार्क सम्मेलनमा आउने पाहुनाको स्वागतका लागि प्रहरीले सडकमा  कुनै भीआइपी बाहेकका कुनै पनि सवारी साधन गुड्न दिएको छैन ।

 पाहुना आउनुभन्दा २० मिनेट अगाडीदेखि बाटो काट्न रोकेको छ । विशिष्ट अतिथिहरुको आगमन साँझसम्म जारी रहने हुँदा सर्वसाधारणले भने सास्ती पाएका छन् । मंगलवार पौने पाँच बजेसम्म अतिथि आउने कार्यक्रम रहेको छ । विमानस्थलबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटीदेखि सोल्टी होटलसम्मको सडकमा दिनभरि अन्य सवारी आवागमन रोक लगाइएको छ ।

गौशाला, कोटेश्वर, कुपन्डोल, कलंकीलगायत मूल सडकदेखि अन्य सहायक सडकबाट आउने ठूला तथा बिस्तारै गुड्ने सवारी आधा घन्टा अगाडिदेखि नै रोकिएको  थियो ।


  •  
  •  
  •  

Comments are closed.