‘विना सम्झौता’ सार्क शिखर सम्मेलन सकिदै

232
  •  
  •  
  •  

काठमाडौं ११ मंसिर (ओएनएस) : काठमाडौं घोषणापत्र जारी गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को १८ औँ शिखर सम्मेलन आज सकिदैछ । दिउँसो सार्क राष्ट्रका प्रमुखहरुको साझा प्रतिवद्धता सहित सार्क घोषणपत्र जारी हुनेछ । त्योसँगै १८औं शिखर सम्मेलन सकिनेछ । सार्कको १८ औं शिखर सम्मेलनमा कुनै पनि सम्झौतापत्रमा हस्ताक्षर भने नहुने भएको छ। सम्मेलनको मन्त्रीस्तरीय बैठकसम्म ८ सदस्यराष्ट्रका प्रतिनिधिबीच एउटा सम्झौतापत्रमा पनि सहमति जुट्न नसकेपछि बिनासम्झौता काठमाडौं घोषणापत्र जारी गर्ने तयारी छ ।

शिखर सम्मेलनअन्तर्गत कार्यक्रम समितिको बैठक सुरु हुनुअगावै मोटर भेहिकल, रेलवे र ऊर्जा तीनवटा सम्झौतापत्रमा हस्ताक्षर हुने भनिएको थियो।

तीनवटै सम्झौतापत्रमा हस्ताक्षर गर्न पाकिस्तानका प्रतिनिधि असहमत भएका थिए भने बाँकी सदस्य नेपाल, भुटान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानले सहमति जनाएका थिए। सार्कको अभ्यासअनुसार एक सदस्यले मात्र असहमति जनाए पनि सम्झौतापत्रमा हस्ताक्षर हुन सक्दैन। घाषणपत्रमा आतंकबाट अन्त्यलाई प्राथमिकता दिइनेछ , सून्इ आतंकबाद क्षेत्रको तयरी छ ।


  •  
  •  
  •