सार्कको उदघाटन सत्रमा क-कसले के–के भने ?

263
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर (ओएनएस) :  दक्षिण एसियाली क्षेत्रीय सहयोग (सार्क) को १८ औं शिखर सम्मेलनको उदघाटन सत्र सकिएको छ । प्रधानमन्त्री सुशील कोइरालले भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहका उदघाटन गरेको समारोहमा सार्कका राष्ट्र तथा सरकार प्रमुखले सम्बोधन गरेका थिए ।

सार्क मुलुकको विकासको लागि अर्थपूर्ण एकता : नेपाल

sushil_koirala20130701002राजधानीमा सुरु १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालले सार्कको विकासको लागि यस क्षेत्रका मुलुकले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री कोइरालले सार्कको विकासको लागि अर्थपूर्ण एकता जरुरी भएको बताए । उनले दक्षिण एसियामा ब्यस्त रहेको गरिबि, भोकमरी, आतङ्कवाद, सीमा अपराध, हतियार तथा लागु औषद ओसारपसराको समस्याको समाधान गर्न सार्क मुलुक एक हुन पर्ने बताए ।

उनले सार्क मुलुकको आर्थिक उन्नतीको लागि दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को कार्यान्वयन गर्नुका साथै सार्कका अन्य संस्थालाई सक्रिया पार्न साझा प्रतिबद्धता गर्नुपर्ने बताए । कोइरालाले सार्क मुलुकलाई प्रगतीपथमा अघि बढाउन कृषि, स्वास्थ्य, सरसफाइृ, महिला सशक्तीकरण गर्नुका साथै स्रोत, साधन, विज्ञान तथा प्रविधिको बिकासमा जोड दिनुपर्ने बताए । कोइरालालले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न पनि सबै मुलुक एक हुनु पर्ने बताए ।

उनले नेपालको राजनीतिक अवस्थाको जानकारी दिदै संबिधानसभाबाटै समावेशी, संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संबिधान जारी गर्न राजनीतिक दलहरु लागि परेको बताए ।

चीनसँग सहकार्य आवश्यक छ : पाकिस्तान
NawazSharifसार्क शिखर सम्मेलनमा सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सार्क राष्ट्रहरुले चीनसँग सहकार्य गर्नुपर्ने बताएका छन् । सरिफले दक्षिण एसियाको विकासको लागि विश्वको आर्थिक शक्ति चीनसँगको सहकार्य महत्वपूर्ण हुने बताए ।

सरिफले सार्क राष्ट्रहरुको आर्थिक बिकासको लागि चीनका साथै मध्यएसियाका राष्ट्रहरुसँग पनि सहकार्य गर्नु पर्ने बताए । सार्क राष्ट्रहरुले विकासको लागि एक–आपसमा नलडि अन्य राष्ट्रहरु सहकार्य गर्नु सरिफको भनाई थियो ।

सार्कमा आफ्नो भूमिका खोज्दै आएको चीनसँग सहकार्य गर्नेुपर्ने नेपालले पनि बताउँदै आएको छ । हाल चीन सार्कको पर्यवेक्षक राष्ट्र हो । पाकिस्तानले पनि चीनलाई सार्क संगठनमा ल्याउने सांकेतिका भाषा बोलेपछि नेपालको भनाईलाई थप बल पुगेको छ ।

 

शान्तिको लागि दक्षिण एसियलाई बुद्धिष्ट हब : श्रीलंका

mahendra-ajapasheसार्क सम्मेलनमा सम्बोधन गर्दै श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेले दक्षिण एसियाको मुख्य चुनौती आतंकवाद भएको बताएका छन् ।

उनले  कट्टरपन्थी विचार भएकाहरु यस क्षेत्रको मुख्य चुनौती भएका बताए । उनले सार्क मुलुकको लागि शान्ति मुख्य कुरा भएको उल्लेख गरे । उनले त्यसको लागि सांस्कृतिक विकास गर्नु पर्नेंमा जोड दिए । साथै राजापाक्षेले दक्षिण एसियालाई बुद्धिष्ट सांस्कृति हब बनाउन प्रस्ताव गरे ।

उनले गौतमबुद्धको जन्मभूमि लुम्बिनीदेखि दक्षिण एसियालाई जोड्ने गरि सार्कलाई बुद्धिष्ट सर्किट बनाउन सकिने प्रस्ताव गरेका हुन् ।

उनले सार्क मुलुकको शान्ति र संबृद्धिको लागि बुद्धिष्ट सर्किट महत्वपूर्ण हुने बताए । राजापक्षले दक्षिण एसियाको आर्थिक विकासको लागि सबै मुलुकले लागानीमा सहकार्य गर्नु पर्ने पनि बताए । साथै उनले दक्षिण एसियामा पर्न थालेको जलवायु परिवर्तनको असरबिरुद्ध अन्तर्राष्ट्रिय स्तरमा अवाज उठाउन एकजुट हुनु पर्ने बताए ।

सार्कलाई फ्रि भिसा जोन   : अफगानिस्तान

Ashraf-Ghani__2938933bयस्तै शिखर सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानका राष्ट्रपति मोहमद घानीले दक्षिण एसियालाई भिसा फ्रि क्षेत्र बनाउनु पर्ने प्रस्ताव गरेका छन् ।

उनले दक्षिण एसियाले अपराध र हिंसाबिरुद्ध एक हुनुपर्ने बताउदै यस क्षेत्रको विकासको लागि भिसा फ्रि बनाउन पर्नेमा जोड दिए ।

घानीले यस क्षेत्रको शान्तिको लागि छिमेकी देशसँग सहकार्य गर्दै एक देशले अर्काे देशबिरुद्ध भूमि प्रयोग हुन नदिन प्रतिबद्धता ब्यक्त गरे । विश्वकै बुद्धिजिवीमध्ये दोस्रो घानीले हिंसालाई निमूल परेर देश बिकास गर्नु पर्ने बताए ।

सार्कले जनताको भावना अनुरुप कम गरेको छैन  : भारत

modiसार्क शिखरसम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाको विकासलाइ लागि सबै मुलुकबीच एकता हुनु पर्ने बताए ।

मोदीले सार्क मुलुकले एकताबद्ध भएर अघि बढ्न नसक्दा यस क्षेत्रको विकास हुन नसकेको बताए । उनले सार्कको संबृद्धिको लागि धेरै काम गर्न सकिने बताउदै एकै साथ यात्रा गर्न विकास सहज र छिटो हुने बताए । उनले सार्क मुलुकले व्यपार र सहकार्यको लागि सहज बतावरण बनाउनु पर्ने पनि बताए ।

यस क्षेत्रको विकासको लागि सार्क ठुलो मञ्च भएको बताउदै सार्कको सहि सदुपयोग गर्नुपर्ने उल्लेख गरे । सार्क मुलुकलाई जोड्नको लागि रेल र रोड आवस्थयक भकउो बताउदै पर्यटन विकास गर्नुपर्नेमा जोड दिए ।

साथै स्याटलाइटको विकास गरेरले भारतले सबै सार्क मुलुकलाई उपहार दिने पनि मोदीको भनाई थियो । उनले भारतले सार्क मुलुकका जनताको लागि बिजनेश भिषा दिन समेत घोषणा गरे

जलवायु परिवर्तनको समस्यालाई हल गर्न सामूहिक प्रतिबद्धता :  भुटान

Tshering_Tobgayसार्क सम्मेलनलाई सम्बोधन गर्दै भुटानका प्रधानमन्त्री छिरिङ तोक्बेले दक्षिण एसियामा जलवायु परिवर्तनका कारण परेको समस्यालाई हल गर्नका लागि सबै मुलुकको सामूहिक प्रतिबद्धता र एकीकृत योजनाको आवश्यकता बताए । तोक्बोले सामूहिक प्रयासबाट मात्रै जलवायु परिवर्तनले पारेको समस्यालाई समाधान गर्न सकिने बताए ।

सार्क मुलुकको शान्ति र स्थायित्वका लागि यसका सदस्य राष्ट्रले आपसी हित र चासोलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिदै उनले एकलरुपमा अगाडि बढेमा कही पनि नपुगिने र सामूहिकरुपमा अगाडि बढे धेरै उपलब्धि हासिल हुनसक्ने विश्वास व्यक्त गरे ।

भुटानले ६० प्रतिशतभन्दा बढी वन जङगलको संरक्षण गरेका कारण कार्बन उत्सर्जनका कारण देखिएको समस्या हल गर्न सक्षम रहेको धारणा राख्दै प्रधानमन्त्री तोक्बेले अरु मुलुकलाई पनि सोही खालको प्रणाली विकास गर्न आग्रह गरे ।

उनले सीमापार आतङकवादका साथै मानव बेचबिखन पनि यस क्षेको साझा समस्या र अर्को कलङकका रुपमा देखिएकाले त्यसलाई नियन्त्रण्ँका लागि साझा प्रयत्न र प्रतिबद्धताको जरुरत रहेको बताए ।

नजितामुखि हितको लागि एकता :  बंगलादेश

sheikh-hasina20131204004646सार्क सम्मेलनमा सम्बोधन गर्दै बङगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सार्कलाई यथार्थपरक, नतिजामुखी, आपसी हितका र समृद्धिका लागि दक्षि एसिया एकताबद्ध भएर सगसगै अघि बढ्नुपर्ने बताईन् । उनले शान्त प्रगतिशील ज्ञानमा आधारित यस क्षेत्रको विकासमा जोड दिइन् ।

उनले सार्क मुलुकको शान्ति विकासको बाधकका रुपमा देखिएको गरिबी निवारणका लागि खाद्य तथा पोषण सुरक्षाको निश्चित गर्नुपर्ने उल्लेख गरिन् ।

बङगलादेशलाई सन् २०२१ सम्ममा मध्यमखालको आय भएको र सन् २०४१ सम्ममा विकासित देशका रुपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि उत्पादनलाई केन्दीत गर्न तथा कृषि क्षेत्रको आधुनिकीकण गर्ने दिशातर्फ अगाडि बढेको उल्लेख गरिन् । उनले सार्क मुलुकको गरिबी निवारणका लागि सार्कको खाद्य र बीउ बैंकको प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

शान्ति प्रगति र स्थायित्वका लागि भौतिक सम्बन्ध महत्वपूर्ण भएको बताउदै उनले त्यसका लागि बुहआयामिक पूर्वाधार विकास गरी सार्क क्षेत्रका सबै भौगोलिक क्षेत्रलाई एकआपसमा जोड्न आवश्यक रहेको उल्लेख गरिन् ।

यस सार्क सम्मेलनमा एकमात्र महिला राष्ट्राध्यक्ष र सरकार प्रमुखका रुपमा रहनुभएकी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको बृहत् विकासका लागि विचार, ज्ञान, प्रविधि, संस्कृति, जनता, सडक र हवाई यातायात र वस्तु सेवा निर्बाध परिचालन, लगानीले जोडिनुपर्ने बताइन् ।

दक्षिण एसियामा ब्यापर विस्तार गर्नुपर्छ : माल्दिभ्स्

Maldivesसार्क सम्मेलनमा सम्बोधन गर्दै माल्दिभ्स्सका राष्ट्रपति अब्दुल्ला यामिनले सार्क राष्ट्रहरुबीचको व्यापार विस्तारबाट आपसी समझदारी बढाउनु पर्ने बताए । उनले आपसी विश्वास नभइकन व्यापार बढ्न नसक्ने र यसका लागि नविनतम प्रविधि र सही नेतृत्व आवश्यक हुने बताए ।

उनले विश्वका एक चौथाइ जनताको आवाज पुग्न नसकेको वास्तविकता औल्याउदै सार्क मुलुकका आवाजलाई विद्यमान परिस्थिति अनुकूल मुखरित गर्नुपर्नेमा जोड दिए । विभिन्न सम्भावना भएर पनि गरिबीले व्याप्त यस क्षेत्रको विकासमा विद्यमान सम्पदालाई अधिकतम रुपमा उपयोग गर्नुपर्ने उनले बताए ।

सार्क स्थापनाको ३० मा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका धेरै क्षेमा सहयोगको क्रम बढेको बताउदै उनले सार्कको संस्थागत सुधारको प्रशंसा गरे ।
उनलेआफू समुद्री सतहको देशबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देशमा आउन पाएकामा खुसी व्यक्त गरे ।


  •  
  •  
  •