नेपालको लागि सार्क शिखर सम्मेलन बिशिष्ट : महासचिव थापा

244
  •  
  •  
  •  

काठमाडौं, २५ कात्तिक (ओएनएस):  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अर्जुन बहादुर थापाले  १८ आंै शिखर सम्मेलन नेपालको लागि विशिष्ट भएको बताएका छन् ।

महासचिव थापाले ऐतिहासिक परिवर्तनको संघारमा रहेको नेपालले तेस्रो पटक सम्मेलन आयोजना गर्न लागेकोले पनि नेपालको सन्दर्भमा यसको महत्व विशिष्ट भएको बताए । उनले भारत र पाकिस्तानका प्रधानमन्त्री आउने र सम्मेलन पूर्व कुनै विवाद उत्पन्न नभएकोले पनि सम्मेलनको महत्व बढेको बताए । उनले भने– ‘सार्क  सम्मेलन ऐतिहासिक हुनेछ । ’’

नेपालले सम्मेलनको लागि आवश्यक तयारीलाई दु्रत रुपमा अघि बढाएको जानकारी दिए । साथै कार्यतालिका अनुसार नै तयारी पुरा हुने विश्वास ब्यक्त गरे ।थापाले  प्रोग्रामिङ, स्टाण्डीङ र मन्त्रीस्तरीय समिति गरेर तीन संयन्त्रमा छलफल हुने सार्कको यो बैठकमा विभिन्न क्षेत्रीय केन्द्रहरुलाई आवश्यकता अनुसार एक अर्कामा गाभ्ने निर्णय हुने समेत जानकारी दिएका छन् ।

उनले भने ‘काम गर्न नसकेका र प्रभावकारी हुन नसकेका केन्द्रहरुलाई आवश्यकता अनुसार एक अर्कामा गाभेर चुस्त बनाउने काम हुन्छ ।’

त्यसैगरी ठूला एजेण्डाहरुमा आतंकबाद नियन्त्रण र त्यस विरुद्ध सूचना आदानप्रदान, महिला तथा बालवालिकाको ओसारपसार नियन्त्रण, ब्यापार र उर्जाशक्तिको विषयमा छलफल हुने बताइएको छ ।

यस पटकको सम्मेलनबाट हरेक दुई–दुई वर्षमा सम्मेलन गर्ने प्रतिबद्धता समेत ब्यक्त हुने छ । थापाले अहिल नै सार्कको च्याप्टर भने संशोधन भई नहाल्ने समेत जानकारी दिएका छन् । नेपालमा तेस्रो, एघारौपछिको यो तेस्रो सम्मेलन हो ।

 

 

 

 

 

 


  •  
  •  
  •