सार्ककाे लागि भारतबाट गाडी भाडामा ल्याउने टुंगो लाग्दै

86
  •  
  •  
  •  

काठमाडौं, १० असोज :  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औ शिखर सम्मेलको तयारीबारे सदस्य मुलुकलाई जानकारी दिन दिल्ली पुगेको टोली बुधबार साँझ स्वदेश फर्केको छ । सहसचिव प्रकाश सुवेदी नेतृत्व उक्त टोलीले यहाँ दूतावास नभएको मुलुकका राजदूतलाई सार्कबारे जानकारी दिन भन्दै शिखर सम्मेलनको लागि आवश्यक पर्ने विशिष्ट अतिथी सवार हुने गाडी भाडामा लिने बारे जानकारी हासिल गर्दै सम्झौता नै गर्न चार दिन अघि त्यसतर्फ गएका थिए । सदस्य मुलुक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको दूतावास काठमाडौंमा रहेको भए पनि माल्दिभ्स, भुटान र अफागानिस्तानको दूतावास काठमाडौंमा नभएकोले उनीहरु राजदूत स्तरमा नै जानकारी गराउन दिल्ली गएको टोलीका सदस्य तथा सहप्रवक्ता भरत रेग्मीले बताए । उनले भने गएको समयमा गाडी भाडको प्रशंग चलेकोले यसमा पनि जानकारी लिने काम भएको बताए ।

टोलीले शिखर सम्मेलनको लागि आवश्यक पर्ने बुलेटप्रुफ गाडी भाडामा लिनेबारे जानकारी हासिल गर्ने मुख्य उद्देश्य थियो । भाडमा दिने कम्पनीहरुसंग बुझ्ने काम उक्त टोलीले गरेको स्रोतले बतयो । सार्कका राष्ट्र एवं सरकार प्रमुख तथा विदेशमन्त्रीहरु सवार हुने गाडी सरकारसंग उपलब्ध नभए पछि भाडामा ल्याउने कि खरिद गर्ने भन्ने अन्यौल रहेको थियो । सार्कको सबै तयारी अघि बढाइराखेका अवस्थामा दुवै काम एकै पटक गर्नसहसचिव सुवेदीको नेतृत्वमा उपसचिव भरत रेग्मी र लेखा हेर्ने उपसचिव उमाकान्त आचार्यका साथै अर्थ, गृह र रक्षका एक एक अधिकारी पनि त्यसतर्फ गएका थिए । सार्कको तयारीबारेमात्र जानकारी गराउने भएको भए यस्तो प्रंकारको टोली जान आवश्यक थिएन भन्दै एक अधिकारीले भने,’टोलीले गाडी भाडाको टुंगो लगाएको छ । तर मन्त्री र सचिव द्धय बाहिर भएकोले उनीहरुलाई जानकारी दिएर मात्र यो कुरा बाहिर ल्याउन लागेको हो ।’

स्रोतका अनुसार टोलीले भारतीय परराष्ट्र मन्त्रालयसंग पनि छलफल गर्दै र शिखर सम्मेलनको तयारीको बारेमा यसअघिको अनुभव समेत लिएको थियो । परराष्ट्रले बेलायतमा ओलम्पीक ताका प्रयोग गरिएको पुरानो गाडी खरिद गर्ने गरि प्रक्रिया अघि बढाएको भए पनि त्यो विकल्प विवादीत हुने भए पछि अन्य खरिदको लागि समय लाग्ने भन्दै भाडाको विकल्पमा गएको हो । यहा रहेको गाडी मर्मत गर्ने भन्दा पनि भाडमा नै बढि जोड दिएको विषयमा पनि प्रधानमन्त्री कार्यालयबाट जानकारी समेत माग भइसकेको छ ।

छिमेकी मुलुकद्धयले शिखर सम्मेलनको लागि आवश्यक सहयोग समेत गर्ने भनिसकेकोले यस्तो अवस्थामा गाडी सहयोगमा लिन पनि दवाव परेको एक अधिकारीले बताए । ३० हजारको शिविर राख्न सहयोग लिने मुलुकले यस्तो सम्मेलन गर्ने बेलामा सहयोग लिन किन नहुने भन्दै त्यस्तो विकल्पमा पनि छलफल गर्न विभिन्न पक्षबाट सुझाव आएको एक अधिकारीले बताए । नेपालले आगामी मंसिर १० र ११ गते सार्कको शिखरसम्मेलन आयोजनाको लागि तिव्ररुपमा तयारी अघि बढाएको छ । परराष्ट्र मन्त्रालयको सार्थ अन्य सम्वन्धीत मन्त्रालयहरुले आआफ्नो तर्फबाट काम अघि बढिरहेको छ । प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणा समेत परराष्ट्रमन्त्र मिहेन्द्रबहादुर पाण्डेले सार्कको वर्तमान अध्यक्ष माल्दिभ्स र सदस्य श्रीलंकालाई हस्तान्तरण गरिसकेको छन। राष्ट्रसंघको महासभाबाट फर्केपछि अन्य सदस्यलाई पनि हस्तान्तरण गराउने कार्यक्रम छ ।

कान्तिपुर दैनिकबाट


  •  
  •  
  •