सार्क सम्मेलनमा चिनियाँ चासो, १० करोडका उपकरण दिने

37
  •  
  •  
  •  

कामाडौं, २३ भदौं । चीन सरकराले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्क) शिखर सम्मेलनको सुरक्षाका लागि नेपाल प्रहरीलाई करिब १० करोड रुपैंयाँ बराबरको प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

आगामी मंसिर १० र ११ गते काठमाडौमा आयोजना हुने सार्कको १८ औं शिखर सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दे सरकारले चीनबाट स्क्यानर, मेटल डिटेक्टर, सीसीटीभी, सवारी साधन लगायत प्राविधिक उपकरण ल्याएको हो । ती सवारी तथा सञ्चार उपकरण अनुदानमा उपलब्ध भएका हुन्, कारोबार दैनिकमा खबर छ ।

सार्कमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिसतान गरी आठ राष्ट्र आवद्ध छन् । चीन सार्कको पर्यवेक्षक राष्ट्र हो । प्रधान कार्यालय स्रोतका अनुसार पेट्रोलबाट चल्ने हाइस (माइक्रो) भ्यान लगायत १० वटा आरामदायी सवारीसाधन चीनबाट ल्याइएको छ । तत्कालिन अर्थमन्त्री वर्षमान पुनको कार्यकालमा चीनले सवारीसाधन उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

केही साताअघि गृह मन्त्रालयको प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पंकज श्रेष्ठ नेतृत्वको टोलीलाई विद्युतीय उपकरणसहितको सहायता लिन चीन पठाएको थियो ।


  •  
  •  
  •