सार्क सम्मेलनको लागि सफाइ तथा मर्मतलाई तीव्रता दिने

186
  •  
  •  
  •  

काठमाडौँ, ३१ असार (ओएनएस) । नेपालमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनका लागि सम्मेलन आसपासका क्षेत्र र प्रमुख सडकको सफाइ तथा मर्मत कार्यलाई तीव्रता दिने तयारी गरिएको छ ।

आगामी कात्तिकमा काठमाडौँमा हुने शिखर सम्मेलनका लागि सम्मेलन आसपासको क्षेत्रको सजावट गर्ने जिम्मा सरकारले काठमाडौँ महानगरपालिकालाई दिएको छ ।

सरकारले आइतबार प्रस्तुत गरेको बजेटमा सम्मेलनका लागि रु ६८ करोड ७० लाखको बजेट विनियोजन गरेपछि काठमाडौँ महानगरपालिकाले निर्माणका कामलाई तीव्रता दिने तयारी गरेको बताएको हो ।

महानगरपालिकाका वातावरण महाशाखा प्रमुख रबिनमान श्रेष्ठले सार्क सम्मेलनलाई लक्षित गरेर सम्मेलनआसपासका क्षेत्रको मर्मत तथा व्यवस्थापन गर्ने योजना सरकारबाट पास भइसकेको बताए । उनका अनुसार सम्मेलनलाई लक्षित गरेर खुल्लामञ्च, शान्तिवाटिका, रत्नपार्क, सभागृह, रानीपोखरीलगायतका क्षेत्रको व्यवस्थापन गरिने छ ।


  •  
  •  
  •