उर्जा सम्झौता सहित १८औं सार्क सम्मेलन सम्पन्न

239
  •  
  •  
  •  

काठमाडौं, ११ मंसिर (ओएनएस) : ३६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै दक्षिण एसियाली सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनको समापन भएकामे छ । सार्क राष्ट्रहरुबीच उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । १९ औं सार्क सम्मेलन पाकिस्तानमा हुने घोषणा पनि गरिएको छ ।  प्रधानमन्त्री सुशील कोइरालाले सार्कको १९औं शिखर सम्मेलनको स्थान र मिति तय भएको घोषणा गरेका हुन् ।

समापन समारोहमा जारी हुने घोषणा पत्रमा ऊर्जा सहकार्यमा सम्झौतासहित सार्कलाई १५ बर्षभित्र आर्थिक संघ बनाएर अघि बढाउने जस्ता विषयहरु छन् । यस्तै सवारी साधन र रेल–वेमा प्रारम्भिक सहमति गर्ने र तीन महिनाभित्र यसको टुंगो लगाएर सम्झौता गर्नेमा आठै राष्ट्र सहमत भएका छन् । कुन कुन रुट चयन गर्ने प्राविधिक प्रक्रिया पुरा नभएको कारण यसको प्रारम्भिक सहमति भएको हो ।

सार्कमा ब्याप्त आतंकवाद, उग्रवाद र धामिर्क अतिवाद नियन्त्रण गर्नका लागि त्यसको संयन्त्र बनाएर अघि बढ्ने उल्लेख छ । यसअघिका प्रतिवद्धता पुरा गर्नका लागि पनि विभिन्न उपसमितिहरु बनाएर काम अघि बढाउने जस्ता बिषयहरु परेका छन् ।

भिसा सरलीकरण्ँ जन स्तरको सम्वधलाई स्थापित गराउने बिषय पनि यसमा परेको छ । आगामी तीन महिनामा बस्ने कार्यक्रम समितिको बैठकले यसको टुंगो लगाएर छ महिना पछि हुने मन्त्रीस्तरीय बैठकमा सम्झौता गर्ने र काम गरिने बताइएको छ । सार्क सचिवालयलाई अझ बलियो बनाउने निर्देशहरु सचिव स्तरमा पठाउने लगायतको बिषयमा सहमति भएको छ । गरिबी, भोकमरी, आतङकवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थको ओसारपसारको नियन्त्रण्ँमा घोषमा जोड गर्ने भएको छ ।


  •  
  •  
  •