सार्क सम्मेलनमा भाग लिन सातै देशका राष्ट्र/सरकार प्रमु्ख काठमाडौं आइपुगे (फोटोफिचर)

371
  •  
  •  
  •  

काठमाडौं, ९ मंसिर (ओएनएस)  :  बुधबार र बिहिबार काठमाडौंमा हुने १८औं सार्क शिखर सम्मेलनमा भाग लिन सार्क मुलुकका सातै देशका सरकार तथा राष्ट्रप्रमुख मंगलबार काठमाडौंमा आइपुगको छन् ।

श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपाक्षे काठमाडौंमा सर्वप्रथम आइपुगेका थिए । त्यसपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ टोब्गे र माल्दिभ्सका राष्ट्रपति आब्दुल्ला यमीन काठमाडौंमा आइपुगेका थिए ।यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आजै अपरान्ह काठमाडौं आइपुगेका छन् ।

सार्क सम्मेलनका लागि श्रीलंकाका राष्ट्र«पति राजपाक्षे सबैभन्दा पहिले बिहान साढे ९ बजे काठमाडौं आएर विशेष विमानबाट लुम्बिनी पुगेका  थिए । राजपाक्षेले लुम्बिनीमा २ घन्टा बिनाउनेछन् । त्यस क्रममा उनले मायादेवी मन्दिरमा विशेष पुजा गरेका छन् ।

Rajapache

राजापाक्षेपछि  अफगानिस्तानका राष्ट्रपति असरफ घानी ११ बजेर १० मिनेटमा, भुटानका प्रधानमन्त्री छिरिङ टोब्गे ११ बजेर ३० मिनेट र माल्दिभ्सका राष्ट्रपति यामिन मध्यान्ह १२ बजे त्रिभुवन विमानास्थलमा अवतरण गरेका थिए ।

Bhutan AFG 1

malभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इण्डियन एयर फोर्सको विमानबाट पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरण गरेका थिए । मोदी आएलगत्तै पाकिस्तानी प्रधानमन्त्री सरिफ पनि ओर्लिए । सरिफ पाकिस्तान इन्टरनेशनल एयरल्याइन्डस्को बिमानबाट ३ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरण गरेका हुन् । यस्तै बंगलादेशीका प्रधानमन्त्री सेख हसिना साढे ४ बजे काठमाडौं आइपुगेकी थिइन् ।

Modi

Pak

bag

Bag (2)सार्क राष्ट्रका सबै राष्ट्रप्रमुखलाई उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, पर्यटनमन्त्री दीपकचन्द्र अमात्य, मूख्यसचिव लीलामणि पौडेललगायतले स्वागत गरेका थिए सबै पाहुनाहरूलाई विमानस्थलबाट सम्मानका साथ सोल्टी होटलमा लगिएको थियो । सार्क राष्ट्रप्रमुख एवम् सरकार प्रमुखहरू बुधबार दिउँसो शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी हुनुहुनेछ ।

_AKD1933

बुधबार साँझ प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गर्ने रात्रीभोजमा सार्क राष्ट्रप्रमुखहरु सहभागी हुनुहुनेछ । बिहीबार धुलिखेलमा केही घण्टा बिताएपछि काठमाडौं फर्केर सरकार प्रमुख एवम् राष्ट्रप्रमुखहरू शिखर सम्मेलनको समापनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको समय तालिकामा छ ।

_AKD1379

विहीबार साँझ राष्ट्रपति डाक्टर रामवरण यादवले पाहुनाको सम्मानमा रात्रीभोज आयोजना गरेका छन् । शुक्रबार सबै देशका पाहुनाहरू आ–आफ्नो देश फर्कने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •  

Comments are closed.