सार्कमा भाग लिन ४ राष्ट्रका सरकार/राष्ट्र प्रमुख काठमाडौंमा, ३ राष्ट्रका आउँदै

190
  •  
  •  
  •  

काठमाडौं, ९ मंसिर (ओएनएस)  : बुधबार र बिहिबार काठमाडौंमा हुने १८औं सार्क शिखर सम्मेलनमा भाग लिन सार्क श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपाक्षे, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ टोब्गे र माल्दिभ्सका राष्ट्रपति आब्दुल्ला यमीन नेपाल आइपुगको छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आज अपरान्ह काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

Bhutan

सार्क सम्मेलनका लागि श्रीलंकाका राष्ट्र«पति राजपाक्षे सबैभन्दा पहिले बिहान साढे ९ बजे काठमाडौं आएर विशेष विमानबाट लुम्बिनी पुगेका छन् । राजपाक्षेले लुम्बिनीमा २ घन्टा बिनाउनेछन् । त्यस क्रममा उनले मायादेवी मन्दिरमा विशेष पुजा गर्नेछन् । राजापाक्षेपछि त्यसपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानी ११ बजेर १० मिनेटमा, भुटानका प्रधानमन्त्री छिरिङ टोब्गे ११ बजेर ३० मिनेट र माल्दिभ्सका राष्ट्रपति यामिन मध्यान्ह १२ बजे त्रिभुवन विमानास्थलमा अवतरण गरेका थिए ।सार्क राष्ट्रका सबै राष्ट्रप्रमुखलाई उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, पर्यटनमन्त्री दीपकचन्द्र अमात्य, मूख्यसचिव लीलामणि पौडेललगायतले स्वागत गरेका थिए ।

सार्क सम्मेलनका बेला सबैभन्दा चर्चामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउँसो साढे ३ काठमाडौंमा अवतरण गर्नेछन् । मोदी अवतरण गरेको ५ मिनेटपछि पाकिस्तानी प्रधानमन्त्री सरिफको टोली ३ बजेर ३५ मिनेटमा काठमाडौं ओर्लने कार्यक्रम छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सबैभन्दा ढिलो बेलुकी सवा ४ बजे काठमाडौं आइपुग्ने बताइएको छ ।

सबै पाहुनाहरूलाई विमानस्थलबाट सम्मानका साथ सोल्टी होटलमा लगिनेछ । सार्क राष्ट्रप्रमुख एवम् सरकार प्रमुखहरू बुधबार दिउँसो शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी हुनुहुनेछ । बुधबार साँझ प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गर्ने रात्रीभोजमा सार्क राष्ट्रप्रमुखहरु सहभागी हुनुहुनेछ ।

बिहीबार धुलिखेलमा केही घण्टा बिताएपछि काठमाडौं फर्केर सरकार प्रमुख एवम् राष्ट्रप्रमुखहरू शिखर सम्मेलनको समापनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको समय तालिकामा छ । विहीबार साँझ राष्ट्रपति डाक्टर रामवरण यादवले पाहुनाको सम्मानमा रात्रीभोज आयोजना गरेका छन् । शुक्रबार सबै देशका पाहुनाहरू आ–आफ्नो देश फर्कने कार्यक्रम रहेको छ ।

Afgan
Maldives


  •  
  •  
  •